तनहूँमा गोली लागेर एक जनाको मृत्यु



पोखरा

तनहूँमा गोली लागेर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका वडा नं. १ थप्रेकका १७ वर्षीय रोमित मल्ल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहूँका अनुसार मल्ल आइतबार राति शिकार खेल्न जंगल गएका थिए । 

प्रहरीका अनुसार भरुवा बन्दुक मल्ल आफैले बोकेको खुलेको छ । 

गोली कसरी लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) युवराज खड्काले जानकारी दिए । 

डिएसपी खड्काका अनुसार गएराति ८ बजे शुक्लागण्डकी १ कै रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा मल्ल र छिमकी ४७ वर्षीय सुमन गुरुङ शिकार खेल्न गएका थिए ।

गुरुङलाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको खड्काले जानकारी दिए । घटनास्थलबाट बन्दुक पनि बरामद भएको छ ।

मल्लको शवलाई स्थानीय स्वास्थ्यचौकीमा राखिएको डिएसपी खड्काले बताए । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja