शुक्रराज शर्मा काँग्रेस गण्डकी सभापतिमा निर्वाचित



पोखरा

नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा रामचन्द्र पौडेल पक्षले वर्चश्व जमाएकाे छ । यहाँ पदाधिकारीका अधिकांश पदमा संस्थापन इतरका नेताहरु विजयी भए । गण्डकीको पदाधिकारीमा देउवा पक्षबाट उपसभापतिमा मेखलाल श्रेष्ठ मात्रै विजयी भए ।

शुक्रराज शर्माले ६ सय १२ मत पाउँदा अर्जुन जोशीको ५ सय २८ मात्रै मत आयो । शर्माले ८४ मतान्तरले जिते । उपसभापतिमा दुइटै स्याङ्जाका उम्मेद्वार विजयी भए ।

संस्थापन पक्षबाट मेखलाल श्रेष्ठ र संस्थापन इतरबाट कल्पना तिवारी विजयी भए । संस्थापन पक्षकै नेत्र महत र संस्थापन इतरका हरिप्रसाद श्रेष्ठ पराजित भए । कल्पनाको ६ सय २४ र श्रेष्ठको ५ सय ५६ मत आएको छ ।

महामन्त्रीमा किरणबाबु श्रेष्ठले ५ सय ७३ मत सहित सबैभन्दा अगाडी हुँदा नवलपुरका विष्णु लामिछाने निकटमै रहेर विजयी भए । विष्णुले ५ सय ६७ मत पाए । संस्थापन पक्षका कुमार खड्काको ५ सय ५६ र इश्वर पाण्डेको ४ सय ५८ मत आयो ।

सहमहामन्त्री तर्फ महिलामा कोपीला रानाभाटले ५ सय ५२ मत सहित विजयी हुँदा निकटतम प्रतिश्पर्धी ओमकला गौतमको ५ सय १४ मत मात्रै छ ।

सहमहामन्त्रीकै खुलामा रमेश पाण्डे ६ सय १८ मत र दोश्रोमा रामचन्द्र जोशी ५ सय ६९ मत सहित विजयी भए भने निकटतम प्रतिश्पर्धी झुलबहादुर आलेले ४ सय ८८ र राजनराज पन्तले ४ सय ३१ मत पाएका छन् ।

स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका युवराज बस्ताकोटीको ९२ मत आयो । सदस्यहरुमा पनि पौडेल पक्षकै उम्मेद्वार अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja