बुण्डेसलिगा क्लब बायर्नलाई ८ अंकको अग्रता, बार्सिलोना बराबरीमा रोकियो



पोखरा

जर्मन बुण्डेसलिगा क्लब बायर्न म्युनिखले युईएफए च्याम्पियन्स लिगको समूह ‘इ’ मा ८ अंकको अग्रता बनाएको छ ।

मंगलबार राति भएको खेलमा बायर्नले ड्यनामो केईभलाई २–१ गोलले पराजित गर्दै ८ अंकको अग्रता लिएको हो ।

राति नै भएको खेलमा बायर्न स्पेनिस क्लब बार्सिलोना बेन्फिकासँग गोल रहीत बराबरीमा रोकिएको थियो । बायर्नले यसअघि नै प्रतियागिताको नकआउट चरणमा स्थान बनाइसकेको छ ।

बार्सिलोनाले भने अन्तिम खेलबाट नै अन्तिम १६ को स्थान बनाउने छ । अन्तिम खेलमा बार्सिलोनाले बायर्नको सामना गर्नेछ । बेन्फिका र ड्यनामो भिड्नेछन् । यस खेल बराबर भए अथवा बार्सिलोना आफ्नो खेलमा विजयी भए अन्तिम १६ मा स्थान बनाउनेछ ।

मंगलबार भएको खेलमा भ्रमणकारी टोली बायर्नलाई जिताउन रोबर्ट लेवाण्डोस्की र किङस्ले कोम्यानले समान १/१ गोल गरे । केइभको लागि डेनिस गार्मन्सले १ सान्त्वना गोल गरे ।

पहिलो पटक पूर्वखेलाडी जाभि हर्नाण्डेजको प्रशिक्षणमा च्याम्पियन्स लिग खेलेको बार्सिलोना बेन्फिकासँग गोलरहित बराबरीमा रोकियो । जितले बार्सिलोना नक आउट चरणमा स्थान बनाउने थियो । बराबरीसँग उसले अर्को खेल कुर्नपर्ने भएको छ ।

समूह ‘इ’ मा बायर्नको ५ खेलबाट १५ अंक छ । बार्सिलोनाको ७ अंक रहँदा बेन्फिकाको ५ अंक रहेको छ । पुछारमारहेका केईभको १ अंक छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja