आइसिसी टी-२०: समूह विजेता बन्यो पाकिस्तान



पोखरा

पाकिस्तान स्कटल्याण्डलाई पराजित गर्दै आइसिसी टी-२० विश्वकपमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ ।

आइतबार सुपर-१२ को समूह-२ मा रहेको पाकिस्तानले स्कटल्यान्डलाई ७२ रनले पराजित गर्दै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको हो ।

अब, पाकिस्तानले फाइनल प्रवेशका लागि बिहीबार सुपर १२ को समूह-१ को उपविजेता अष्ट्रेलियासँग खेल्नेछ ।

जितका लागि १९० रनको विजयी लक्ष्य पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११७ रन मात्र बनाउन सक्यो । स्कटल्यान्डका रिची बेरिंगटनले सर्वाधिक ५४ रनमा अविजित रहे ।

यसअघि शारजाहमा टस जितेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८९ रन बनाएको थियो । पाकिस्तानका कप्तान बाबर आजमले सर्वाधिक ६६ रनको योगदान दिए । शोएब मलिक ५४ रनमा अविजित रहे ।

सुपर १२ को समूह-२ मा ५ खेलमा अपराजित रहँदै १० अंक बनाएको पाकिस्तान शीर्ष स्थानमा छ । युजिल्यान्डले ५ खेलमा ४ जित र १ हार सहित सहित ८ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

पहिलो सेमिफाइनल बुधबार इंग्ल्यान्ड र न्युजिल्यान्डबीच हुनेछ । दोस्रो सेमिफाइनलमा बिहीबार पाकिस्तान र अष्ट्रेलियाबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja