साफ च्याम्पियनसीपमा आज नेपाल र भारत खेल्दै



पोखरा

साफ च्याम्पियनसीप फुटबलमा आज (आइतबार) नेपाल र भारत खेल्दैछ।

खेल नेपाली समयअनुसार राति पौने १० बजे माल्दिभ्समा सुरु हुनेछ।

यसअघिका २ खेल जितेको नेपाल ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।

नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले र दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराइसकेको छ। लगातारको २ जितले नेपाल फाइनल नजिक छ। २ खेलमा बराबरी खेलेको भारत २ अंकसहित चौथो स्थानमा छ।

भारतलाई फाइनल पुग्न अबका बाँकी २ खेल जित्नै पर्ने दबाब छ। भारतले पहिलो खेलमा बंगलादेशसँग १÷१ गोलको बराबरी र दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो।

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टोलीले भारतीय टोलीसँग नडराइ खेल्ने बताएका छन्। उनले नेपाल भारतसँग जित्नकै लागि खेल्ने समेत बताएका छन्।

भारत साफमा ७ पटकको विजेता हो। नेपाल र भारत अहिलेसम्म २१ खेल खेलेकोमा भारतले १४ खेल जितेको छ। नेपालले २ खेल जित्दा ५ खेल बराबरीमा सकिएका छन्।

यसअघि, घरेलु मैदान दशरथ रंगशालामा भएका २ मैत्रीपूर्ण खेलमध्ये नेपालले पहिलो खेलमा बराबरी खेलेको थियो भने दोस्रो खेलमा भारत २–१ विजयी बनेको थियो। त्यस्तै, कप्तान किरण चेम्जोङले साफ च्याम्पियनसीप जित्ने बताएका छन् । आफ्नो, टोलीको र नेपाली फुटबलप्रेमीको सपना पूरा गर्न भारतसँगको खेल महत्वपूर्ण रहेको चेम्जोङले बताएका छन्।

भारतीय टोलीका मुख्य प्रशिक्षक इगोर स्टिमासले पनि नेपालसँग जित्नकै लागि खेल्ने बताएका छन्। उनले नेपाली टोलीले उत्कृष्ट खेलिरहेको पनि बताएका छन्। दक्षिण एसियाका ५ टोली साफ च्याम्पियनसीपमा सहभागी छन्।

३ खेल खेलेको बंगलादेश ४ अंकका साथ दोस्रो र २ खेल खेलेको माल्दिभ्स ३ अंकका साथ तेस्रो स्थानमा छ। एक अंक रहेको श्रीलंका पुछारमा छ। नेपाल र भारतको खेलअघि आज बेलुका पौने ५ बजे माल्दिभ्स र श्रीलंका पनि खेल्दैछन्।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja