विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय फेरि बन्द



पोखरा

स्याङ्जाको एक विद्यालयका दुई छात्रामा कोरोना सङ्क्रमण पुष्टि भएपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ ।

कोरोना सङ्क्रमणसँगै लामो समय बन्द भएको विद्यालय खुलेको १५ दिनमै कक्षा ९ मा अध्ययनरत दुई छात्रामा कोरोना पुष्टि भएपछि तीन दिनका लागि बन्द गरिएको हो । 

स्याङ्जाको चापाकोट नगरपालिका-६ स्थित साँखर मोहमी माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत  छात्रामा ज्वरो, रुघाखोकीलगायत लक्षण देखिएपछि विद्यालय समयमै नजिकै रहेको स्वास्थ्य चौकीमा एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको विद्यालयका प्रधानाध्यापक दीपक बस्ताकोटीले जानकारी दिए ।

दुई छात्रामा कोरोना पुष्टि भएपछि अन्य विद्यार्थीमा सङ्क्रमण फैलिन नदिनका लागि विद्यालय व्यवस्थापन समिति र चापाकोट नगर शिक्षा समितिको निर्णयबमोजिम तीन दिन विद्यालय बन्द गरिएको प्रअ बस्ताकोटीले बताए ।

आगामी शुक्रबारदेखि विद्यालय सञ्चालन गर्ने र गेटमै ज्वरो परीक्षण गरी लक्षण देखिएका विद्यार्थीको एन्टिजेन परीक्षण गर्ने तयारी भइरहेको चापाकोट नगर शिक्षा शाखा प्रमुख दुर्गा न्यौपानेको भनाइ छ । चापाकोटमा भदौ २७ गतेदेखि विद्यालय सञ्चालनमा आएका छन् । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja