निर्दोष मानिसको लागि आवाज उठाइरहेकी अभिनेत्री अजितालाई तालिबानको धम्की



पोखरा

अफगानिस्तानमा तालिबानको सत्ता आएको छ, जसकारण त्यहाँका मानिसहरु निकै डराइरहेका छन् । विश्वका कैयौं मानिसहरु अफगानिस्तानी जनताको सुरक्षा र न्यायको माग गरिरहेका छन् ।

अफगानिस्तानी जनता बेसहारा हुँदै गएको देखेर अफगानी मूलकी एक हलिउड अभिनेत्री अजिता घानीजाडा लगातार निर्दोष मानिसको लागि आवाज उठाइरहेकी छन् । उनले तालिवानका काला कर्तुत पनि विश्वमाझ सार्वजनिक गरिरहेकी छन् ।

उनले नियमित रुपमा आफ्नो सामाजिक सञ्जाल हेण्डलका माध्यमबाट अफगानिस्तानको अनुहार विश्वमाझ देखाइरहेकी छन् । उनले अफगानिस्तानी मानिसको न्यायको माग गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनसँग प्रश्न गरेकी छन् ।

तर यो प्रश्न तालिबानका लागि सह्य भएन । तालिबानको झुठो अनुहार विश्वमाझ उतार्ने अभिनेत्रीलाई तालिबानीले धम्की दिन थालेको छ । यो कुराको खुलासा अभिनेत्रीले आफ्नो एक सामाजिक सञ्जाल पोष्टका माध्यमबाट गरेकी हुन् ।

तर उनी डराएका छैनन् । ‘हरेक मिनेट चिज परिवर्तन हुँदै गएको छ । मलाई तालिबानले सन्देश पठाइरहेको छ, ‘डियर गर्ल, चिन्ता नगर्नु, प्रोपोगाण्डा फैलाउन बन्द गर्नु’, उनले लेखेकी छन् ।

४१ वर्षीया यी अभिनेत्रीको जन्म अफगानिस्तानको काबुलमा भएको थियो । उनको पिता तेहरानको अमेरिकी दुताबासमा काम गर्थे । उहाँबाट उनले अमेरिका जाने मौका पाए । त्यो समयमा अजिता सानी थिइन् । उनलाई अभिनयमा लाग्ने प्रेरणा उनको आमाको भारतीय र अमेरिकी कलाकारप्रतिको प्रेम देखेर भएको थियो । उनले कैयौं ठूला फिल्म र टेलिभिजन शोमा अभिनय गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja