तनहुँमा दूध बिक्री गर्ने १५२ कृषकलाई प्रोत्साहनस्वरुप अनुदान वितरण



पोखरा

तनहुँको बन्दीपुर गाउँपालिका–५ स्थित याम्पा दुग्ध उत्पादक सहकारी संस्थामा दूध बिक्री गर्ने कृषकलाई प्रोत्साहनस्वरुप अनुदान बापत रु १८ लाख वितरण गरिएको छ ।

सो सहकारी संस्थामार्फत दूध बिक्री गर्ने १५२ कृषकले अनुदानवापतको रकम प्राप्त गरेका छन् । सबैभन्दा बढी याम्पास्थित नमूना गाई फार्मका सञ्चालक पुष्प गैह्रेले रु एक लाख १९ हजार अनुदान रकम प्राप्त गर्नुभएको छ भने सबैभन्दा कम पाउनेले रु तीन हजार बुझेका छन् ।

गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले सोमबार रकम वितरण गर्दै कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने जानकारी दिनुभयो ।

गाउँपालिकाले बन्दीपुर–१ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध बिक्री गर्ने ६१ कृषकलाई यसअगाडि रु एक लाख ६० हजार वितरण गरिसकेको छ ।

उत्पादनका आधारमा दिइने अनुदानका कारण गत वर्षभन्दा यस वर्ष दूध उत्पादनमा वृद्धि आएको छ । दूधमा अनुदान पाउनुभएका कृषक पुष्प गैह्रेले अनुदान दिने व्यवस्थाले पशुपालन गर्ने कृषकलाई सहयोग पुगेको बताउनुभयो । “गाईपालनमा ठूलो लगानी गरेका छौँ, दूध उत्पादनमा अनुदान दिने व्यवस्थाले यसतर्फ लागिरहन प्रेरणा दिन्छ”, उहाँले भन्नुभयो ।

बन्दीपुरलाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको र दूध उत्पादन वृद्धि गर्न पशुपालनतर्फ कृषकलाई आकर्षित गराउन जरुरी रहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja