किरण गजमेर बने भ्वाइस अफ नेपाल सिजन-३ को विजेता



पोखरा

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले जितेका छन्। विजेता किरणले २५ लाख नगद पुरस्कार प्राप्त गरेका छन् ।

भुटानी शरणार्थीका रुपमा कष्टकर जीवन बिताइरहेका किरण अमेरिका पुनर्वास भएका थिए । उनी भ्वाइसमै सहभागिता जनाउन नेपाल आएका हुन् ।

हाल अमेरिकामा बस्दै आएका किरण झापाको खुदुनाबारी शिविरमा जन्मेका हुन्। उनका बुवा भुटानबाट लखेटिए पछि मुलथलो नेपाल पुगेका थिए। किरणको बाल्यकाल खुदुनाबारी शिविरमा बितेको हो। अमेरिका लगायत विभिन्न ८ देशले आफूहरुले संरक्षण दिने भनेपछि किरण १४ वर्षको उमेरमा परिवारसहित अमेरिका पुगेका थिए।

किरण गजमेर टिम प्रमोदबाट फाइनलमा प्रवेश गरेका हुन्। उनले सेमिफिनालेमा सिक्किमका रवि गहतराजलाई पछाडि पार्दै फाइनलमा पुगेका हुन्।

किरणले ब्लाइन्ड अडिसनमा गायक सुजन चापागाईको तिनपाते गीत गाएर चारै जनाको कोचलाई घुमाउन सफल भएका थिए। ब्लाइन्ड राउण्डदेखि नै किरणले निकै प्रशंसा तथा फ्यानको साथ र माया पाएका छन्।

शो को फाइनलमा भिड्ने चार प्रतिस्पर्धीबिच निकै कडा प्रतिस्पर्धा थियो । अडियन्सले दिएको भोटको आधारमा प्रतिस्पर्धीमध्ये एक जना विजेता बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja