केही समयका लागि अभिनयबाट विश्राम लिँदै पंकज



पोखरा

बलिउड अभिनेता पंकज त्रिपाठीले आफू अभिनयको शिखरमा पुगिसकेकाले केही समयका लागि विश्राम लिन चाहेको खुलाएका छन् ।

‘म अभिनयबाट थाकिसकेको छु । म दुईदेखि तीन महिनासम्मका लागि ब्रेक लिन चाहन्छु । त्यसपछि मात्र आफूले बाचा गरेका प्रोजेक्ट पुरा गर्छु । केही समय ब्रेक लिएर आएँ भने म र दर्शकका लागि निराशा हुनेछैन’, उनले भनेका छन् ।

उनले आफूले थोरै रमाइलो, रोचक क्षण र उत्साहित कामका लागि समय छुट्याउन लागेको उल्लेख गरेका छन् । ‘म अन्यबाट मोटिभेसन लिन्छु । मैले थिएटरमा प्रशिक्षण लिँदा पनि यो ज्ञान लिएको थिएँ’, उनले भने ।

पंकज आफ्नो प्रमुख काम अभिनय नभई यात्रा र खानु रहेको बताउछन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja