गोरखामा पहिराले झोलुङ्गे पुलमा पूर्ण क्षति, पुलबाट मानिस आवाजजावत पूर्णरूपमा ठप्प



पोखरा

उत्तरी गोरखाको रचुमनुबी गाउँपालिकाको वडा नं ६ चुम्चेतस्थित डुयुखोलामाथिको झोलुङ्गे पुल मङ्गलबार राति गएको पहिराले पूरै चुँडाएर पूर्ण क्षति पुर्याएको छ ।

झोलुङ्गे पुल पहिराले चुँडाएपछि पुलबाट मानिस आवाजजावत पूर्णरूपमा ठप्प भएको छ । पुल चुडिएपछि खच्चडबाट सामान ढुवानीमा समेत समस्या परेको छ।

उक्त पुल हुँदै चुमभ्यालीमा पर्ने छेकेम्पार र चुम्चेतका नागरिक आवतजावत गर्नुपर्ने हुन्छ । मानिस घुमाउरो बाटो प्रयोग गरेर हिँडडुल गर्नसक्ने अवस्था रहेपछि साँघुरो बाटो भएकाले खच्चड ओहोरदोहोर गर्न सक्ने अवस्था छैन ।

पहिराले पुलमा क्षति पुर्याएपछि त्यस क्षेत्रका करिब १८ भन्दा बढी गाउँका मानिसलाई आवतजावतमा समस्या भएको बताइएको छ । उनीहरुले पुलको तत्काल मर्मतका लागि पहल गरिदिन समेत माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja