प्रतिनिधि सभा बैठक साउन २६ गते मंगलबारसम्मका लागि स्थगित



पोखरा

यही साउन २६ गते मंगलबारसम्मका लागि संसद बैठक स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जनाएका छन् । आजको बैठकको कार्यसूचीमा खास एजेण्डा नभएपनि अधिकांश सांसदहरुले बैठकको शून्य र विषेश समयमा जनसरोकारका कुरा उठाएका थिए । 

दार्चुलाको ब्यास गाउँपालिका वडा नंबर २ मा महाकाली नदी तर्ने क्रममा यही साउन १४ गते भारतीय सुरक्षाबलले तुइन काटिदिएपछि बेपत्ता भएका जयसिंह धामीको घटनाबारे छानविन गर्न, दोषीलाई कारवाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सांसदहरुले माग गरेका छन् ।

संसदमा गृहमन्त्री बालकृष्ण खाणँले सरकारले ५ सदस्यीय छानविन टोली बनाएको र १० दिनभित्रमा प्रतिवेदन आउने बताए ।

उनले प्रतिवेदनमा आएको तथ्यलाई सरकारले कडाईका साथ कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja