अमेरिकी ‘विन्टर फिल्म अवार्ड’मा छानियो ‘कठपुतली’



पोखरा

नेपाली हरर फिल्म ‘कठपुतली’ अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा छनोट भएको छ ।

आउँदो सेप्टेम्बर २३ देखि अक्टोबर २ सम्म चल्ने फेस्टिभलमा ‘विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिसन’ विधामा छनोट भएको यो फिल्म सेप्टेम्बर २६ तारिखमा त्यहाँ प्रदर्शन हुनेछ ।

फिल्मका निर्देशक भीमसेन लामाले संसारकै प्रतिष्ठित फेस्टिभलमा नेपाली फिल्म छनोट हुनु नेपाल र नेपाली फिल्मका लागि गर्वको कुरा रहेको बताए । लामा अमेरिकामा नै छन् । न्यूयोर्कको सिनेमा भिलेज थिएटर १ मा यो फेस्टिभल आयोजना हुँदैछ ।

काल्पनिक कथामा निर्माण भएको फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ ।

पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको फिल्मका निर्माता पृथ्वी राना मगर हुन् भने सह निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन् ।

निर्देशक लामाले यसअघि सट फिल्मबाट विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरुमा अवार्ड जितिसकेका छन् । उनले ‘कठपुतली’ बाट फिचर फिल्ममा डेब्यू गरेका हुन् ।

‘यो फिल्म हेर्दा नेपाली दर्शकले एकदमै नयाँ अनुभव गर्नेछन्,’ उनी भन्छन्, ‘हरर फिल्म मेरो रोजाइको विषय हो र यो फिल्म मेरो ड्रिम प्रोजेक्ट हो ।’ फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनमा भएको हो । यो फिल्ममा सम्पदा मल्लको लेखन छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja