भारतमा पछिल्लो २४ घण्टामा थप ४० हजार संक्रमित
पोखरा
भारतमा पछिल्लो २४ घण्टामा थप ४० हजार ७८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १६ लाख ९५ हजार ३६८ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख २० हजार ८७९ जना संक्रीय संक्रमित छन् ।
यस्तै त्यहाँ एकैदिन ४२४ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २४ हजार ८०८ पुगेको छ ।