टोकियो ओलम्पिकमा चीनले बनायो नयाँ कीर्तिमान



पोखरा

जापानमा जारी टोकियो ओलम्पिकमा चीनले नयाँ कीर्तिमान बनाएको छ । चीनले पौडीको महिला ४ गुणा २०० मिटर फ्रिस्टाइलमा विश्व कीर्तिमानसहित स्वर्णपदक जितेको हो ।

बिहीबार चीनले ७:४०.३३ मिनेटको समय निकाल्दै विश्व कीर्तिमानसहित स्वर्ण जितेको हो । टोकियो एक्वेटिक सेन्टरमा जितेको यस स्वर्णले चीनलाई पदक तालिकामा शीर्ष स्थानमा समेत पुर्‍याएको छ । यस स्पर्धामा यसअघि अष्ट्रेलियाले ७:४१.५० मिनेटको कीर्तिमान बनाएको थियो ।

याङ जुनछुवान, ताङ मुहान, झाङ युफी र ली बिङजी रहेको चिनियाँ टोलीले अमेरिकालाई पछि पार्दै स्वर्ण जितेको हो । अमेरिकाले ७:४०.७३ मिनेटसहित रजत जित्दा अष्ट्रेलियाले ७:४१.२९ मिनेटसहित कास्यपदक जितेको छ ।

ओलम्पिकमा चीन हाल १४ स्वर्णसहित तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको जापानको १३ स्वर्ण छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja