सरकारले आर्थिक वर्ष ०७८/०७९ देखि दश फिल्ममा सह-लगानी गर्ने



पोखरा

चलचित्र विकास बोर्डले मंगलबार सूचना जारी गर्दै सरकारले यस आर्थिक वर्ष ०७८/०७९ देखि पाँच फिचर र पाँच छोटो फिल्ममा सह-लगानी गर्ने भएको छ ।

यसअघि तीन फिचर र तीन छोटो फिल्ममा सह-लगानी गर्ने कार्यविधि संशोधन गर्दै बोर्डले साउनदेखि लागू हुने गरी फिल्मको संख्यामा वृद्धि गरेको हो ।

मौलिक तथा कलात्मक फिल्म निर्माणमा प्रोत्साहित गर्न भन्दै चलचित्र विकास बोर्डले गतवर्ष स्टोरी बैंक स्थापना गरेको थियो ।

कार्यविधि संशोधन गरेर फिल्मको संख्यामा वृद्धि गरेका छौं बोर्ड अध्यक्ष दयाराम दाहालले भने, ‘कति लगानी गर्ने र कस्तो सहयोग गर्ने भन्ने विस्तृत जानकारी चाँडै सार्वजनिक गर्नेछौं ।’

अध्यक्ष दाहालका अनुसार अघिल्लो आर्थिक वर्षमा स्टोरी बैंकमार्फत ३ छोटो र तीन फिचर फिल्म छनौट भएका छन् । यी तीन फिल्मलाई निर्माणमा बोर्डले सहयोग गर्नेछ । स्टोरी बैंकमा प्राप्त ती ६ वटा फिल्म सिफारिस भएको हो ।

यस्तो छ स्टोरी बैंकको नयाँ सूचना :

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja