चीनमा बाढी आएसँगै रेल स्टेशन र सडक डुबानमा परेसँगै हजारौँको उद्धार



पोखरा

मुसलधारे वर्षाका कारण मध्य चीनका कैयौँ स्थानहरूमा बाढी आएसँगै मानिसहरू आफ्नो घर छाड्न बाध्य भएका छन्। रेल स्टेशन र सडक डुबानमा परेका छन्।

ख्वनान प्रान्तका १०,००० भन्दा बढी सर्वसाधारणलाई उद्धार गरी स्थानान्तरण गरिएको छ।

बाढी सुरु भएयता राजधानी जङ्जोमा कम्तीमा १२ जनाको मृत्यु भएको सरकारी निकायहरूले पुष्टि गरेका छन्।

मुख्य सडकहरू बन्द र उडानहरू रद्द गरिएसँगै एक दर्जनभन्दा बढी सहर प्रभावित भएका छन्।

झन्डै ९ करोड ४० लाख जनसङ्ख्या रहेको ख्वनान प्रान्तले असामान्य रूपमा सक्रिय वर्षा देखिएसँगै मौसमसम्बन्धी कडा चेतावनी जारी गरेको छ।

त्यहाँ हालैको आँधीका कारण क्षति भएको एउटा बाँध भत्किएला भन्ने डर छ।

उक्त क्षेत्रमा सेना परिचालन गरिएको छ र सेनाले बाँध ”कुनै पनि बेला भत्किन सक्ने” चेतावनी दिएको छ।

जङ्जोबाट प्राप्त भएको अपुष्ट भिडिओ फुटेजमा बाढीमा डुबेको सबवे अर्थात् भूमिगत रेलमार्गमा मानिसहरूको काँधसम्म पानी भरिएको देखिएको छ।

त्यहाँ कति मानिस फसेका छन् भन्ने कुरा हालसम्म थाहा हुन सकेको छैन तर हालसम्म सयौँको उद्धार गरिएको बताइएको छ।

एउटा मुख्य अस्पताल पनि पानीमा डुबेको बताइएको छ।

जङ्जोमा पछिल्ला तीन दिनमा परेको पानीको मात्रा उक्त सहरमा एक वर्षमा पर्ने पानी समान रहेको बताइएको छ।

-BBC

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja