भारतका विभिन्न स्थानमा भूकम्पको झट्का



पोखरा

भारतका अलगअलग क्षेत्रमा बुधबार बिहान शक्तिशाली भुकम्पको झट्का महशुस गरिएको छ ।

राजस्थान, मेघालय तथा लद्दाखमा भूकम्प गएको हो । यी मध्ये राजस्थानको बीकानेरमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ ।

यसबाहेक मेघालयमा पनि भूकम्पको झट्का महशुस गरिएको छ ।

भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले राजस्थानका बीकानेरमा आज बिहान ५ बजेर ३९ मिनेटछमा भूकम्पको झट्का महशुस गरिएको जनाएको छ ।

यसबाहेक लेह लद्दाखमा पनि बिहान करिब सवा ५ बजे भूकम्पको झट्का महशुस गरिएको छ, जसको मापन ३ दशमलव ६ रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja