उपचाररत श्रीमानको मृत्युपछि पत्नीले गरिन अस्पतालमै आत्महत्या



पोखरा

ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचाररत बिरामीको मृत्युपछि उनकी पत्नीले अस्पतालमै आत्महत्या गरेकी छन् ।

म्याग्दीको मालिका गाउँपालिका–५ का ४५ वर्षीय पुरुषको मृत्युपछि कुरुवा बसेकी उनकी पत्नीले अस्पतालमै आत्महत्या गरेको ललितपुरकी प्रहरी उपरीक्षक किरण बज्रचार्यले जानकारी दिइन् ।

‘क्यान्सरबाट पीडित श्रीमानलाई किमोथेरापी गराउन उनले केही दिन अगाडि काठमाडौं ल्याएकी रहिछन्’, एसपी बज्रचार्यले भनिन्, ‘तर उपचारको क्रममा बिहीबार राति मृत्यु भएपछि अस्पतालकै बाथरुमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा उनको शव शुक्रबार बिहान फेला परेको हो ।’ घटनाबारे थप अनुसन्धान भइरहेको एसपी बज्रचार्यको भनाइ छ ।

ती पुरुषलाई गत जेठ १९ गते पोखरास्थित मणिपाल अस्पतालले काठमाडौं रिफर गरेको थियो । अस्पतालका सीईओ डा. बच्चुकैलाश कैनीले श्रीमानको मृत्युको पीडा सहन नसकेर आत्महत्या गरेको हुन सक्ने बताए ।

‘बिहीबार राति करिब १ बजेतिर नर्सहरु राउन्डमा गएर उनको श्रीमानको अवस्थाबारे जानकारी लिएका रहेछन् । त्यसबेलासम्म उनी कुरुवा रुममै सुतिरहेकी थिइन्’ उनले भने ।

श्रीमानको राति नै मृत्यु भएको र त्यसपछि उनले आत्महत्या गरेको अस्पतालको भनाइ छ । शुक्रबार बिहान बाथरुम नखुलेपछि अस्पतालका कर्मचारीहरुले प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja