कांग्रेस केन्द्रीय समिति आज पनि, महाधिवेशनको संशोधित कार्यतालिका बारे छलफल



पोखरा

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि छ । बैठक महाधिवेशनको संशोधित कार्यतालिकामाथिको छलफलमा केन्द्रित हुनेछ ।

बिहीबारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४औं महाधिवेशनको संशोधित कार्यकतालिका सम्बन्धी प्रस्ताव पेश गरेका थिए।

जसअनुसार, १६–१९ भदौमा काठमडौँमा महाधिवेशन गर्ने उल्लेख छ।

त्यसमाथि छलफल र निर्णय गर्न आज मध्याह्न १ बजे बैठक बस्न लागेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा बाढी र पहिरोका विषयमा छलफल भएको थियो। बाढी र पहिरोमा बेपत्ताको खोजी गर्न र प्रभावित परिवारको उद्धार तथा राहतको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको थियो।

त्यस्तै, कोभिड–१९ नियन्त्रणका लागि सरकारले निषेधाज्ञामा मात्रै जोड दिएको जनाउँदै कांग्रेस अन्य विकल्प खोज्न माग गरेको थियो। यससँगै कोभिड–१९ विरुद्धको खोप आयतका लागि पलह गर्न सरकारसँग माग गरेको थियो।

कांग्रेस बैठकले केही जिल्लाको स्थानीय तहको संगठन पुनर्संरचनामा आएको गुनासोका केन्द्रले नै टुंगो लगाउने निर्णय गरेको थियो। जसमा सप्तरी, धनुषा, सर्लाही, बाँके, सिरहा, बारा तथा पर्सालगायतका जिल्ला रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja