इटाली युरोकप फुटबलको नकआउट चरणमा प्रवेश



पोखरा

इटाली जारी युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गर्ने पहिलो टिम बनेको छ ।

रोममा बुधबार राति भएको समूह चरणको दोस्रो खेलमा स्वीट्जरल्याण्डलाई ३-० गोलले पराजित गर्दै इटाली समूह ए बाट नकआउट चरणमा प्रवेश गरेको हो ।

ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन म्यानुएल लोकाटेलीले दुई गोल गरे । सिरो इमोबाइलको नाममा एक गोल रह्यो ।

लगातार दोस्रो जित निकालेको इटालीले २ खेलमा ६ अंक जोडेको छ । इटाली समूहको शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा इटालीले टर्कीलाई ३-० ले हराएको थियो ।

समूहको तेस्रो स्थानमा रहेको स्वीट्जरल्याण्डको यो पहिलो हार हो । स्वीट्जरल्याण्डले २ खेलमा १ अंक जोडेको छ ।  उसले पहिलो खेलमा वेल्ससँग १–१ गोलको बराबरी खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja