तुफानले अमिताभको कार्यालयमा क्षति



पोखरा

केही दिनदेखि भारतमा आएको चक्रवाती तूफान टाक्टेले देशको तटीय इलाकामा ठूलो क्षति पुर्याएको छ । अरब सागरबाट सुरु भएको यो तुफान सोमबार मुम्बई पुगेको छ ।

दैनिक जागरणका अनुसार तुफानले सोमबार राती अमिताभ बच्चनको कार्यालय जनकमा क्षति पुर्याएको छ । अमिताभले कार्यालयमा क्षति पुगेपछि त्यसको मर्मतमा लागेका कर्मचारीलाई आफ्ना कपडा दिएका छन् ।

‘तुफानका बीच एक भयानक सन्नाटा छाएको छ । दिनभरी तिब्र रुपमा पानी पर्यो । रुख ढले, हरेक स्थानमा पानीको चुहावट, अफिसमा बाढी । केही स्टाफका लागि बनाइएको सेल्टर हावाले उडाएको छ’, अमिताभले आफ्नो ब्लगमा लेखेका छन् ।

अमिताभले यस्तो अवस्थामा पनि कार्यालयको मर्मत गर्ने कर्मचारीको तारिफ गरेका छन् ।

‘यस्तो अवस्थामा पनि कर्मचारीहरुले राम्रो काम गरिरहेका छन् । उनीहरुको लुगा भिजेको छ र पानीमा रुझिरहेका छन् । यस्तो अवस्थामा उनीहरुको लुगा परिवर्तन हुनु जरुरी थियो । मैले अलमारीबाट कपडा निकालेर दिएँ । अहिले उनीहरु चेल्सी र जयपुर पिंक पेन्थरको समर्थकको रुपमा देखिएका छन्’, उनले अगाडि लेखेका छन् ।

अमिताभले आफ्नो र छोरा अभिषेकको कबड्डी टिम पिंक पेन्थरको टीसर्ट दिएका छन् । सामाजिक सञ्जालमा अमिताभको यो ब्लग अहिले भाइरल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja