प्रधानमन्त्रीको शपथविरुद्ध परेका चार रिटको सुनुवाइ जारी



पोखरा

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार लिएको पद तथा गोपनियताको शपथविरुद्ध परेका चारवटा रिटको सुनुवाइ जारी छ ।

प्रधानन्यायाधीश चोलेन्द्र राणाको एकल इजलाशमा शपथविरुद्ध परेका ४ वटै मुद्दाको सुनुवाइ चलिरहेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट लिइएको शपथमा शब्द छुटाएको भन्दै उक्त शपथ बदरको माग गर्दै सोमबारसम्म सर्वोच्चमा चारवटा रिट परेका थिए ।

अधिवक्ता डाक्टर चन्द्रकान्त ज्ञवाली र लोकेन्द्र वली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवाल समेतले दायर गरेका चार वटा छुट्टाछुट्टै रिट दर्ता भएका छन् ।

कानूनमै नभएको व्यहोरा शपथमा पढकोले शपथ बदर गर्न माग गरिएको छ । त्यस्तै ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दावली प्रधानमन्त्रीले पढ्नुपर्दैन भन्दै लिएको शपथले राष्ट्रपति संस्थाप्रति मानमर्दन भएको रिटमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja