भारतमा अब कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट नगरिने



पोखरा

भारतमा कोरोना संक्रमितको अब प्लाज्मा थेरापीबाट उपचार नगरिने भएको छ ।

संक्रमितलाई प्लाज्मा थेरापीबाट गरिएको उपचारले पनि फाइदा नगरेकाले अब त्यस्तो उपचार पद्धती उपयोग नगरिने भएको हो ।

गम्भीर प्रकृतिका बिरामीको अवस्थामा सुधार नआएकाले भारतले प्लाज्मा थेरापीको उपचार विधि नै हटाएको हो।

गत साता बसेको कोभिड-१९ का लागि राष्ट्रिय कार्यदलको बैठकमा सहभागीले प्लाज्मा निकालेर संक्रमितलाई दिने विधि प्रभावकारी नभएको भन्दै कोरोना उपचार निर्देशिकाबाट हटाउनु पर्ने धारणा राखेका थिए ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका एक अधिकारीले उक्त निर्देशिका संशोधन गर्दै प्लाज्मा थेरापी हटाइएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja