सङ्क्रमितको सङ्ख्या वृद्धि हुँदै गएपछि ताप्लेजुङमा निषेधाज्ञा जारी



पोखरा

ताप्लेजुङमा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा वृद्धि हुँदै गएपछि सोमबार साँझदेखि निषेधाज्ञा लागू गरिएको छ । सङ्क्रमणको नियन्त्रण र जोखिम न्यूनीकरणका लागि सात दिनसम्म निषेधाज्ञा लागू गरिएको हो ।

फुङलिङ नगरपालिका क्षेत्रको दोभान, हान्द्रुङ, दगुर्ने, थुम्मा, सिस्ने, फक्ताङलुङ गाउँपालिका–३ को लिङ्खिम बारी फुरुम्बु क्षेत्र, सिकैचा बारी फावाखोला क्षेत्र, सुकेटार आसपास, पाथीभरा याङ्वरक गाउँपालिका जाने बाटो कामीडाँडा र काबेली खोलाको चार किल्लाभित्र निषेधाज्ञा लागू भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । निषेधाज्ञा लागू भएसँगै यी क्षेत्र सुनसान बनेका छन् ।

निषेधाज्ञाको अवधिभर अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन, सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न, भेला, सभा सम्मेलन, भोजलगायत भीडभाड हुने गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

यस्तै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, बीमा एवम राष्ट्र बैंकबाट इजाजत प्राप्त सहकारी संस्थाले आफ्नो कार्यालय र कर्मचारीको अवस्था हेरी सम्बन्धित माथिल्लो तहको स्वीकृति लिई आलोपालो सेवा दिन तथा अत्यावश्यक बाहेकका सेवा हाललाई स्थगित गर्नसमेत अनुरोध गरिएको छ । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २० रहेको छ भने तीन जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


प्रकाशक/प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

रिपोर्टर:- आशिष रानाभाट

रिपोर्टर:- सामुयल श्रेष्ठ

सम्पर्क नं. :- ९८०५८५३४२०

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2021 Pokharaaaja