विल गेट्स र मेलिन्डाले गरे सम्बन्ध विच्छेदको घोषणा



पोखरा

विश्वकै धनाढ्यमध्ये एक एवं माइक्रोसफ्टका संस्थापक विल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले  सम्बन्ध विच्छेदको घोषणा गरेका छन् ।

२७ वर्षअघि वैवाहिक जीवनमा जोडिएका दुबैले सम्बन्ध विच्छेदको घोषणा गरेका हुन्।​

विश्वभर उदाहरणीय जोडीको रुपमा रहेको यो जोडीले धेरै लामो छलफलपछि यो निर्णयमा पुगेको सामाजिक सञ्जाल ट्वीटमा उल्लेख गरेका छन् ।

‘धेरै सोच–विचार र हाम्रो सम्बन्धमा काम गरेपछि हामीले हाम्रो सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका छौँ, ट्वीटमा लेखिएको छ ।

अलग भएपछि पनि दुवैले विल एण्ड मिलिन्डा फाउन्डेसनको काम जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

सन् २००० मा स्थापना गरिएको यो फाउन्डेसनले अहिलेसम विश्वभर विभिन्न क्षेत्रमा लगभग ५४ बिलियन डलरको सहयोग गरिसकेको छ।

६५ वर्षीय विल गेट्स र ५६ वर्षीय मिलिन्डाको माइक्रोसफ्ट मै भेट भएपछि सन् १९९४ मा विवाह भएको थियो । उनीहरूका तीन सन्तान छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja