हरिवंशले गीतमार्फत दिए कोरोनाबाट बच्न सन्देश



पोखरा

यति बेला देशमा जताततै कोरोनाको हाहाकार छ । कोरोनाबाट सर्वसाधारणलाई सुरक्षित राख्न सरकारले देशको बिभिन्न भागमा लकडाउन गरेको छ ।
यस्तैमा बरिष्ठ कलाकार हरिवंश आचार्यले कोरोनाबाट बच्नका लागि सर्वसाधारणमा गीत मार्फत सन्देश दिएका छन् । उनले ‘अर्काे जुनी खै कुन्नि कसलाई थाहा छ र खै, यो जुनीमा कोरोनाबाट बचौँ है’ बोलको एक छोटो गीत सार्वजनिक गर्दै कोरोनाबाट बच्न सचेत गरेका छन् ।

आचार्यको गीतमा मास्क लगाउन, सामाजिक दुरी कायम गर्न, सेनिटाइजर प्रयोग गर्न र हात धुन समेत सुझाइएको छ ।
सानो भुलले कोराना सर्ने र बालक बृद्धलाई गाहे पर्ने समेत गीतमा उल्लेख गरेका आचार्यले उपचारको लागि अस्पतालमा ठाउँ नभएकोले छटपटिएर बस्नु भन्दा बेलैमा सचेत रहन समेत गीतमा आग्रह गरेका छन् ।आचार्य पनि पहिलो लहर क्रममा कोरोनामा संक्रमित भएका थिए । संक्रमित हुँदाको पिडा र समस्या राम्ररी आचार्यले बुझेका छन् । ‘सर्वसाधारण कोरोना संक्रमित भए समस्या र पीडामा पर्नु नपरोस् भनेर आफुले सन्देश मुलक गीत बनाएको हो’ आचार्य भने ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja