मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको जित



पोखरा

कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३-२ गोलले पराजित गरेको हो ।

भ्यालेन्सियाको मैदानमा बार्सिलोनाले पुनरागमन जित निकालेको हो ।

बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे । एन्टोनियो ग्रीजम्यानको नाममा एक गोल रह्यो ।

भ्यालेन्सियाका गाब्रियल पौलिस्टा र कार्लोस सोलेरले एक एक गोल फर्काए ।

जितसँगै बार्सिलोनाले ३४ खेलमा ७४ अंक जोडेको छ । बार्सिलोना तेस्रो स्थानमा रहेको छ । भ्यालेन्सिया ३६ अंकसहित १४औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja