पोखरामा लागुऔषधसहित दुई जना पक्राउ



पोखरा

पोखरामा लागुऔषधसहित २ जना पक्राउ परेका छन् ।

फेवातालको सिरान पोखरा-१८ खपौदीबाट लागुऔषध व्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

चेकजाँच गर्ने क्रममा लागुऔषधसहित खोटाङ घरभई पोखरा -१८ खपौदी बस्दै आएका ३६ वर्षीय वीरबहादुर तामाङ र पोखरा-१७ घारीपाटन निवासी २९ वर्षीय अरुण तामाङ छन् ।

उनीहरुको साथबाट लागुऔषध डाइजापाम १८ एम्पुल, फेनरागन २४ एम्पुल र नुर्फिन ३१ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिनुभयो । उनीहरु दुबै जनालाई लागूऔषध कसूर अन्तर्गत अनुसन्धान शुरु गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja