प्रेममा रमाउँदै नीता र हरिहर



पोखरा

 कलाकारद्वय नीता ढुंगाना र हरिहर अधिकारी केही समययता प्रेममा छन् । यी दुईले आफ्नो प्रेमका बारेमा शुरुमा नखुलाए पनि आजभोलि भने सामाजिक सञ्जालमार्फत आफूहरु प्रेममा रहेको बताउन थालेका छन् ।

नीताले त एक टिभी अन्तर्वार्ताका क्रममा आफू हरिहरसँग प्रेममा रहेको समेत बताएकी थिइन् । नीता र हरिहरको घनिष्टता पछिल्लो समय अझ बढेको छ । केही समयअघि हरिहरले आफ्नो फेसबूकमा नीतासँगको तस्वीर शेयर गरेका थिए । पछि उनले उक्त तस्वीर हटाएका थिए ।

यो सम्बन्धलाई लिएर दुवैजना सिरियस पनि छन् । यी दुवैले आउँदो वैशाखमा बिहे गर्ने चर्चा पनि चल्ने गरेको छ ।

आज हरिहरको जन्मदिनको अवसर पारेर नीताले हरिहरलाई जन्मदिनको शुभकामना दिएकी छिन् । उनले शुभकामना दिँदै लेखेकी छिन्, ‘जन्मदिनको शुभकामना जी ।’

नीताको पोस्टमा कलाकार दीपाश्री निरौलाले पोस्ट गर्दै भनेकी छिन् – हरिहर जीलाई जन्मदिनको शुभकामना । दुवैलाई प्रणय दिवसको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja