‘भ्यालेन्टाइन्स–डे’को उत्कृष्ट उपहार : ओपो ए १५



पोखरा

भ्यालेन्टाइन्स डे नजिकिँदो छ । विदेशी पर्व भएपनि विशेषगरी यूवा वर्गमाझ भ्यालेन्टाइन्स डे, निकै लोकप्रिय छ ।

आफ्ना मन मिल्ने मानिसलाई उपहार दिँदै मनका भावना प्रस्तुत गर्ने दिनका रुपमा यसको विशेष महत्व छ । साथी(भाइ, आमा–बुबा, प्रेमी–प्रेमिकालगायतले यस दिनमा उपहार आदानप्रदान गरी आफ्ना प्रेमिल भावना ब्यक्त गर्ने चलन रहँदै आएको छ ।

यस्तोमा राम्रो उपहारका रुपमा मोबाइल फोन प्रदान गर्ने परिपाटी पनि बस्न थालेको छ । यस परिपाटीमा भर्खरै बजारमा सार्वजनिक एआई ट्रिपल रियर क्यामेरा सेटअप सुसज्जित ओपो ए १५ उपहारका लागि उत्कृष्ट विकल्प हुन सक्छ ।

मितब्ययी मूल्यमा अत्याधुनिक फिचर्स सुसज्जित ओपो ए १५ विशेष यूवावर्ग लक्षित फोन हो ।

किन उत्कृष्ठ उपहार हो ओपो ए १५

१. एआई ट्रिपल रियर क्यामेरा र एआई ब्यूटिफिकेशन

ओपो ए १५मा रहेका एआई ट्रिपल रियर क्यामेराले मानिसका साथै तपाई वरपरको विश्वको सटिक तस्विर खिच्न सघाउँछ । प्रयोगकर्ताका सुन्दर पललाई स्पष्टताका साथ सञ्चितगर्न सघाउन यसमा १३ एमपी क्षमताको मुख्य क्यामेरा र ४ सीएम सम्मका क्लोज शट्स खिच्न यसमा २ एमपी क्षमताको माक्रो लेन्सको समेत ब्यवस्था गरिएको छ । पोट्रेट तस्विरमा थप गहिराई दिने सोचका साथ यसमा ब्याकग्राउण्डलाई नेचुरल बोके ईफेक्ट दिने २ एमपी डेप्थ क्यामेरापनि जडान गरिएको छ ।

दैनिकीका पलहरु कैद गर्न ओपो एफ १५मा अझ बढी सुविधाहरु दिइएका छन् । फोनमा रहेको एचडीआर फिचरले प्रयोगकर्तालाई कम प्रकाश वा ब्याक लाइट भएका स्थानमा समेत उत्कृष्ट तस्विर खिच्न सघाउँछ ।

त्यसैगरी, पोट्रेट बोके फिचरले पोट्रेट तस्विर खिच्दा प्राकृतिक बोके ब्याक ग्राउण्डका साथै ६ पृथक पोट्रेट फिल्टर्स पनि उपलब्ध गराउँछ । ड्याजलकलर र एआई सिन रिकग्निशनको संयोजन मार्फत ओपो ए १५ले एआई सिन ईन्ह्यान्समेन्ट सुविधा पनि दिन्छ । यसले २१ विभिन्न प्रकारका ल्याण्डस्केप र सिनिक शट्स ब्यूटिफाई गर्ने क्षमता राख्छ । साथै, रि(अप्टिमाइज्ड फ्रण्ट र रियर फिल्टर्सले १५ स्टाई टो फिल्टर्स र १० ब्रिलियन्ट भिडियो फिल्टर्स पनि उपलब्ध गराउँछ ।

ओपो ए१५को ५ एमपी फ्रण्ट क्यामेराले प्रयोगकर्ताको प्राकृतिक सुन्दरतामा थप निखार देखाउने विकल्प पनि उपलब्ध गराउँछ । एआई ब्यूटिफिकेशनले स्किन टोन तथा फेशियल फिचर्सलाई लिंग, उमेर र भौगोलिक आधारमा सुधार उपलब्ध गराउँछ ।

२. स्लिक डिजाइनका साथ ६.५२”को ठूलो स्क्रिन

गेम तथा भिडियोको पूर्ण मज्जालिन सकियोस् भन्ने सोचका साथओपो ए१५मा ८९ प्रतिशत स्क्रिन टू बडी रेसियोका साथमा ६.५२” वाटरड्रप स्क्रिनको प्रयोग गरिएको छ । दृश्यमा स्पष्टताका लागिओपो ए१५को एचडी+ स्क्रिनले १६००×७२० रिजोल्यूशनको दृश्य सम्प्रेषण गर्छ । साथै, फोनमाएआई कम्फर्ट फिल्टर्स, सनलाइट स्क्रिन र एआई ब्राइटनेस लगायत सुविधा पनि उपलब्ध छन् ।

७.९एमएममोटाई सहितको ए१५मा समाउन सहजताका लागि थ्रीडी कभ्र्ड बडी र लुक्सलाई अझ आकर्षक देखाउने सोचका साथ म्याट र ग्लसी टेक्स्चरसहितको थ्रीडी कोटिङको प्रयोग गरिएको छ । डायनामिक ब्ल्याक र मिस्ट्रि ब्ल्यू गरी ओपो ए१५ दूई आकर्षक रंगमा उपलब्ध छ ।

३. ४२३०एमएएच ब्याट्री क्षमता

तिब्र गतिको कार्य क्षमताका लागि ओपो ए१५मा ३ जीबी र्‍यामका साथमा ३२ जीबी आन्तरिक सञ्चय क्षमता उपलब्ध गरिएको छ । साथै, प्रयोगकर्ताले संगीत, भिडियो तथा गेम्सका लागि आफ्नो आवश्यकता अनुसार यसलाई २५६जीबी सम्म बढाउन सक्ने सुविधा पनि प्रदान गरिएको छ । फोनमा रहेको मिडियाटेक हेलियो पी३५ मिडियाटेक हेलियो पी३५ ओक्टा–कोर प्रोसेशर सहितको ओपो ए१५ले ब्याट्री मितब्ययीताका साथ सहज, तिब्र र विश्वासिलो कार्य सम्पादन सुविधाउपलब्ध गराउँछ ।

फोनमा मेमोरी डिफ्राग्मेन्टेशन २.० सुविधाका साथै फ्रेमबुस्ट र टचबुस्ट सहितको हाइपरबुस्ट २.१ फिचर पनि उपलब्ध गरिएको छ । हाइपरबुस्ट २.१ले फ्रेम रेट अनुकुलन गर्दै स्थिर तथाइन गेम ग्राफिक्समा न्यून ढिलाई प्रदान गरी टच रेस्पोन्समा सुधार गरी गेम फ्लुएन्सीको मज्जालिन सघाउँछ ।

मज्जाले एकदिन सहजै टिक्ने ४२३०एमएएच क्षमताको ब्याट्री जडिट ओपो ए१५मा आपतकालिन अवस्थालाई समेत ध्यानमा राखि सुपर पावर सेभिङ मोड फिचर पनि उपलब्ध गरिएको छ । फोनमा औँला वा अनुहारको प्रयोग बाट सहजै अनलकिङ सुविधाको उपभोग गर्न सकियोस् भन्ने सोचका साथ रियर फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक प्रविधि पनि उपलब्ध गरिएको छ ।

४. कलरओएस ७.२

ओपो ए१५मा विभिन्न सुविधा जनक फिचर्सका साथमा समय सापेक्ष कलरओएस ७.२को प्रयोग गरिएको छ । नयाँ फोनमा प्रयोगकर्ताको सहजताका लागि यसमा अद्यावधिक कलर कन्ट्रास्टसहित डार्क मोड फिचर पनि उपलब्ध छ ।

थ्री–फिंगर स्क्रलिङ स्क्रिनशटले अब हराइजन्टल मोडका साथमा पीडीएफ डक्यूमेन्ट्स पनि सपोर्ट गर्छ । साथै, आइकनपुल डाउन जेस्चर र स्मार्ट साइडबार जस्ता सहजता उपलब्ध गराउने फिचर पनि फोनमा समाहित गरिएका छन् । एउटै ल्यान कनेक्शन भएका स्थानमा साथीहरु भेला भइरहेका बखत एउटै गीतको मज्जाएकसाथ सबैले आ–आफ्नो फोनमालिन सघाउने उपयोगी म्यूजिक पार्टी फिचर पनि फोनमा उपलब्ध गरिएको छ ।

५. मितब्ययी मूल्य

भरखरै सार्वजनिक ओपो ए१५ उपभोक्ताले डायनामिक ब्ल्याक र मिस्ट्रि ब्ल्यू गरी दूई आकर्षक रंग मध्यबाट आफ्नो चाहना अनुसार फोनको छनोट गर्न सक्छन् । फोनमा ३जीबी र्‍याम र ३२ जीबी रोमको ब्यवस्था गरिएको छ । ओपो ए१५को बजार मूल्य १८ हजार ५ सय ९० निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja