आफ्नै बिहेको खबरले छक्क सुनिता



पोखरा

गायिका सुनिता दुलालको बिवाहको खबर एक कान, दुई कान, मैदान भयो । गएको भदौंमा उनले बिवाह गर्ने चर्चासँगै कोसँग र कहाँ बिवाह गर्ने भन्ने कुरा समेत फैलिएको थियो । त्यो खबर फैलिएसँगै सुनितालाई थुप्रै शुभचिन्तकले बधाई समेत दिए ।

धेरैले अनुमान समेत गरेका थिए, उनको विवाह भैसक्यो । तर, यो अफ्वाह मात्र रहेको सुनिताले बताएकी छिन ।आफ्नो बिवाहको खबरले आफै आश्चर्यमा परेको सुनिताले बताइन् । अनलाइनखबरसँगको कुराकानीमा सुनिताले भनिन्–‘त्यो हल्लामात्रै थियो । त्यो दिन मेरो भाइको बिहे हुँदै थियो तर मेरो भनेर हल्ला भएछ ।’

सुनिताले तत्काल बिहेको कुनै योजना नरहेको बताउँदै आफू प्रेममा पनि नरहेको अनलाइनखबरसँग बताइन् । उनले भनिन्–‘म सिंगल छु । बिहेको साइत कहिले जुर्छ, थाहा छैन । तत्काल कुनै योजना पनि छैन ।’ उनले बिवाह योजना बनाएर हुने कुरा नभएको समेत बताईन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja