नयाँ प्रजातिको कोरोना भाइरस नेपालमा देखियो



पोखरा

नेपालमा नयाँ प्रकारको कोरोनाभाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

मन्त्रालयका अनुसार बेलायतबाट केही दिन अघि नेपाल फर्किएकामध्ये आठ जनामा कोभिड १९ पुष्टि भएको थियो । त्यसपछि उनीहरुलाई निगरानीमा राखिएको थियो । त्यसमध्ये तीन जनाको नमुना हङ्‌कङस्थित प्रयोगशालामा पठाइएको थियो। गत पुष २७ गते विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा उनीहरूको नमुना हङ्‌कङ पठाइएको थियो।  इमेलमार्फत् आज प्राप्त भएको नतिजामा तीन जनामा नयाँ प्रकारको कोरोना भाइरस फेला परेको मन्त्रालयले जनाएको छ । उनीहरुमा बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरसको संक्रमण पुष्टि  भएकाे मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका अनुसार उनीहरू ६७ र ३२ वर्षका दुई पुरुष र २८ वर्षीया एक महिला हुन्। तीमध्ये अहिले दुई जना पीसीआर परीक्षण गर्दा भाइरसमुक्त देखिइसकेका छन् भने पजिटिभ देखिएका अर्का व्यक्ति पनि लक्षणमुक्त भएको बताइएको छ । मन्त्रालयले जबसम्म यस रोगको भ्याक्सिन नेपालमा उपलब्ध हुँदैन त्यतिन्जेलसम्म सबैले सावधानी अपनाउनु पर्नेमा पनि जोड दिएको छ । संक्रमणबाट बच्न रोकथामका मुख्य उपाय अपनाउन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja