हुम्लामा नेकपाका दुई समूहबीच कुटाकुट



पोखरा

प्रतिनिधिसभा विघटन भएसँगै विभाजित सत्तारूढ नेकपाका ओली र दाहाल-नेपाल समूहका कार्यकर्ताबीच झडप हुन थालेको छ ।

समानन्तर बैठक र एकाअर्काविरूद्ध कारबाही गर्दै अघि बढ्न थालेको नेकपामा स्थानीइ तहमा झडप हुन थालेको हो ।

हुम्लाको अदानचुली गाउँपालिमा वडा कमिटी पुर्गठन गरेको विषयमा नेकपाका दुई समूहबीच कुटाकुट भएको छ ।

अदानचुलीको १ नम्बर वडाको कमिटी पुनर्गठन गरेर फर्कने क्रममा ओली पक्षका वडाध्यक्ष रंग थापामाथि अर्को पक्षले आक्रमण गरेको छ ।

वडा कमिटी गठन गरेर फर्कने क्रममा दाहाल–नेपाल समूहका कार्यकर्ताहरुले ढुङ्गामुढा गर्दा वडाध्यक्ष थापा घाइते भएका गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए ।

थापाको टाउको र मुखमा चोट लागेको छ। उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja