रु २०० ले ओरालो लाग्यो सुनको मूल्य



पोखरा

लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि झिनो ह्रास देखिएको छ । स्थानीय बजारका लागि तोकिएको मूल्यअनुसार आज छापावाला सुन तोलामा रु २०० ले घटेको छ ।

प्रतितोला रु ९१ हजार ८०० मा आइतबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ९१ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन आइतबार तोलामा रु ९१ हजार ३०० मा कारोवार भएकामा आजका लागि भने रु ९१ हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । चाँदी तोलामा रु एक हजार २३० मा कारोवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja