पोखरामा भारतीय ट्रकको ठक्करबाट युवती गम्भीर घाइते



पोखरा

पोखरामा ट्रकको ठक्करबाट एक युवती गम्भीर घाइते भएकी छन् ।

पोखराको पृथ्वीचोक स्थित चाइना पुलमा शुक्रबार दिउसो १ बजे एमएस ४८ एजे २२८९ भारतीय नम्बर को ट्रकले ग १७ प ७०६९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सप्तरीको महादेव गाँउपालिका – ९ घर भइ पोखरा रानीपौवा बस्ने २२ वर्षीय सुस्मिता शर्मा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ  ।

पृथ्वीचोकबाट अमरसिंह चोक तर्फ जाँदै गरेको स्कुटरलाई सोही दिशाबाट जाँदै गरेको भारतीय ट्रकले ठक्कर दिँदा स्कुटरमा चालक शर्मा गम्भीर घाइते भएको र उहाँको गण्डकी मेडिकल कजेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दिपक केसीले जानकारी दिनुभयो ।

भारतीय नागरिक रहेका ट्रक चालक  वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja