पोखराको लामाचौरमा दुई मोटरसाइकल ठोक्किदा एक महिला गम्भीर घाइते



पोखरा

पोखराको लामाचौरमा शुक्रबार बिहान ११.०० बजे दुई मोटरसाइकल एक आपसमा ठोक्किदा एक महिला गम्भीर घाइते भएकी छन् ।

पोखरा-१९ लामाचौर स्थित अकला मन्दिर नजिकै भुर्जुङखोलाबाट लामाचौरतर्फ आउँदै गरेको ग ३ प ६६८९ नं.को मोटरसाइकल र सोही दिशाबाट आउँदै गरेको ग १० प ५६८० नं.को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा ग १० प ५६८० न.को मोटरसाइकलमा सवार पोखरा-१९ पुरनचौर निवासी ४० वर्षीया लक्ष्मी भुजेल घाइते हुनुभएको हो ।

घाइते लक्ष्मीको पोखराको मणिपाल शिक्षण अस्पताल उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । उक्त घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja