भोलि बुधबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा



पोखरा

भोलि पुष १५ गते बुधबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । तमु ल्होसार पर्वका अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

ल्होसारमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरू बन्द रहनेछन् । गण्डकी प्रदेश सरकारको मन्त्री परिषद्को २०७६ साल चैत्र २२ गतेको निर्णयले तमु ल्होसार पर्वका अवसरमा प्रदेशमा बिदा दिने निर्णय गरेको थियो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उक्त सूचना जारी गरेको हो । सो सूचना प्रदेशको राजपत्रमा प्रकाशित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja