पोखरामा २६ सहित गण्डकीमा थपिए ५२ कोरोना संक्रमित



पोखरा

पोखरामा २६ सहित गण्डकी प्रदेशमा आइतबार थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं ३ का १ पुरुष तथा १ महिला, २ की १ महिला, ४ की १ महिला, ६ की १ महिला, ८ की १ महिला, १० का १ पुरुष तथा १ महलिा, ११ का ५ पुरुष तथा १ महिला, १३ का १ पुरुष, १४ का २ पुरुष तथा १ महिला, १५ का १ पुरुष, १७ का १ पुरुष तथा २ महिला ३० का १ पुरुष, पोखरा फेवासिटी अस्पतालका १ पुरुष तथा १ महिला रहेका छन् ।

त्यस्तै तनहुँ व्यासकी १ महिला, आबँुखैरेनीकी १ महिला, शुक्लागण्डकीका २ पुरुष, स्याङजा वालिङका ३ पुरुष तथा ३ महिला, नवलपुर कावासोतीका १ पुरुष, देवचुलीका १ पुरुष तथा १ महिला, लमजुङ राईनासका ३ पुरुष तथा २ महिला, म्याग्दी अन्नपूर्णका १ पुरुष तथा १ महिला, बेनीका २ पुरुष तथा १ महिला, पर्वत पैंयुका १ वालक तथा १ महिला, जलजलाका १ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ९ सय ४० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja