महिलाहरु वैबाहिक सामाजिक, पारिवारिक, न्यायिक अनि धार्मिक आस्था र विश्वासका कारण पछि पर्दै ।



पोखरा

अभिषेक पौडेल

पोखरा हाम्रो नेपाली समाजमा सरल र साधारण भाषाका रुपमा बिबाहलाई बुझ्ने हो भने छोरी या चेली अरुलाई सुम्पिने भन्ने छ र त्यसै अनुसार अरुलाई सुम्पिने गरिएको/गरिदै आइएको छ । आमाको काख बाट हुर्किदै बढ्दै गरेकी चेली समाजमा चलेको धार्मिक परम्परा अनुसार कलिलो उमेरमै १९/२० वर्ष सम्मको आमा बुवा अनि उनी आफू जन्मिएको परिवारका सबैको माया बाट छेल परि पराइ हुनुपर्छ । घरमा कहिल्यै बुवा आमाको एक वचन नखाएकी ती चेली बिचरा त्यो अर्काको बिरानो घरमा कसैले एक शब्द केही नराम्रो उच्चारण गर्दा मन कति अमिलो होला अनि परेलिले आशुका धारा कति बलिन्धारा बगाउछ होला त्यो बेदना त ती चेलीलाई मात्रै थाहा होला, महसुस होला जो बुहारी आफ्नो बुवा आमाको कोख रित्तो पारेर गएको छ । कहिल्यै माटोमा नखेलेकी अनि बिहान बिहान सबेरै उठेर घरधन्दा नगरेकी ती चेली झिसमिसे साझमा सासुको या ससुराको डरले र समाजको हेर्ने दृष्टिकोण नकारात्मक अनि बुहारी बनेपछि यी विविध कामहरु महिलाले भनौ या ती नै चेलीले गर्नुपर्छ भन्ने रुढीबादी सक्रिय रुपले अगि बढिरहेकोले माटाको डल्लो फुटाली पानीले मुछेर ती कोमल हातले पिढिका ओल्ला भित्ता अनि पल्ला भित्ता गर्दा कति ढुङ्गाका कणले बिझाउछ होला ?कति गार्हो हुन्छ होला ? त्यो कसले बुजिदिन्छ । उनी आफै भोग्छिन यो पनि । यत्तिमात्र कहाँ होर एउटि चेलीलाई दलितको उपमा दिई समाजमा गरिने घृणा अनि तिरस्कार सहनै नसकिने छ।दलित, जनजाति जस्ता यी जातिवाचक उपमा पनि मानवले नै निर्माण गरेको हो । एउटि महिला थरको आधारमा समाजका हरेक अवसर र सफलताको बिन्दु बाट पछि पर्नुपरेको छ । आफ्नो अभिव्यक्ति प्रस्फुटन गर्न नसकिरहेको अवस्था पनि विद्यमान नै छ । बिहान बिहान कोखमा घैला या गाग्री लिएर सयौंको भिडमा पानी थाप्न पालो कुरेर लाइन लागेकी ती चेलिको जब पानी थाप्ने पालो आउँछ जातकै आधारमा उनलाई ठट्टाहास र गिज्याउने गर्ने गरिएको नेपाली समाजमा प्रष्ट रुपमा देख्न सक्छौरदेखिरहेका छौ । त्यत्ती मात्र होइन उनले भर्नै समेत लागेको त्यो घैला या गाग्री फुटालेर या कुच्याइदिएर निन्याउरो मुख पारी घर फर्काइएका दृश्य अनि खबर सन्चारमाध्यम द्वारा सुन्दै पनि आइरहेका छौ । विधि र बिधानमा जति महिला अधिकारका बारेमा पढेरै नसकिने खातका खात किताब लेखिए पनि ती कुनै पनि प्रभाकारी रुपले लागू/कार्यान्वयन भएका छैनन् । महिला भनेपछि हाम्रो अचेत समाजमा केही जान्दैनन् र कुनै क्षमता नभएका भन्ने उपमाले चिनाइएको छ । आज देशकै अग्रणी स्थान (पद) मा रास्ट्रपति (राष्ट्रप्रमुख) महिला नै हुदा सयौ महिला चेली बलात्कार भई ज्यान आहुती दिइरहेका र सिकार बनिरहेका छन ।

महिला अधिकारका निम्ति खोलिएका/स्थापित गराइएका महिला अधिकार आयोग पनि मुग्दर्शक बनेर बसिरहेका छन/पुष माघको जाडोमा घाम तापेझै गरि बसिरहेका छन् । एउटि अबोध बालिका निर्मला पन्तलाई बलात्कार पछि हत्या गरियो । उक्त घटनाको निम्ति भन्दै धेरै छानबिन समिति बने तर ती पनि आज भन्दा भोलि, भोलि भन्दा पर्सि गरि कानमा तेल राखेर नै बसे अर्थात् हत्यारालाई सुरक्षा दिने तवरले अगि बढे । जबसम्म हाम्रो नेपाली समाजमा महिलालाई शसक्त बनाइदैन तबसम्म पुर्वाधार, प्रविधीको जति नै बिकास भएपनी केही अर्थ नै रहदैन अर्थात् चेतनाको विकास हुँदैन । राज्यका हरेक संरचना (ब्यबस्थापिका, न्यायपालिका र कार्यपालिका) मा संविधानमा लिखित महिला अधिकार ३३% मात्रै होइन ५०% नै गराएर प्रभावकारी रुपमा कार्यान्वयन हुनु जरुरी छ। आज महिलाहरु आफ्नो क्षमताको उचित मुल्यांकन नहुदा थुप्रै अवसर बाट बन्चित भइरहेका छन् । चुरा, पोते अनि सिन्धुर लगाउनको निम्ति पनि अरुको मुख नै ताकेर या अरुप्रती आश्रित हुनुपरेको छ/परजीवीको रुपमा बाच्नुपरेको छ । महिलालाई घरायसी काम खाना पकाउने, भाडा माझ्ने, बालबच्चाको स्याहारसुसार गर्ने जस्ता काम (कार्य) मा मात्र उपयोग गरिएको भनौ अझ यसमा त विद्यावारिधिको पद नै दिइएको भन्दा पनि फरक नपर्ला । जसरी महान चाडहरु तिज (हरितालिका पर्व), तिहार (भाइटिका) मा सम्मान सहित पुज्ने गरिन्छ त्यसैगरी सधै पुज्ने गरौ, सम्मान गरौ।नारी सृष्टिकर्ता हुन,नारी संसार चालिका हुन । महिलाको हरेक हक र अधिकारका निम्ति आजैबाट परिवार, समाज र राष्ट्र बाटै आवाज बुलन्द गरौ । आरक्षणको आधारमा मात्रै नभई ऊनीहरुको क्षमता र सिपका आधारमा पनि न्यायपालिका, ब्यवस्थापिका एवम् कार्यपालिका जस्ता राज्यका यी ३ अभिन्न अङ्गमा पनि प्रभावकारी रुपमा परिचालन गरिनुपर्छ अनि मात्रै महिला अधिकारका निम्ति गुन्जिने नाराका ती शब्द शब्दहरुले शान्ती पाउनेछन् /अनि मात्रै ती नाराहरुको सम्मान हुनेछ, नारिको सम्मान हुनेछ ।

लेखक : पोखरा स्थित जनप्रिय बहुमुखी क्याम्पस बि.ए. दोश्रो वर्ष पत्रकारिता अध्ययनरत विद्यार्थी एवम् नेविसंघ विद्यार्थी नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja