तनहुँमा माइक्रोबस दुर्घटना, एकको मृत्यु, पाँच घाइते



पोखरा

तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य पाँच घाइते भएका छन् ।

पोखराबाट मानहुँकोट जाँदै गरेको ग१ख २९४२ नम्बरको माइक्रोबस मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट तल खसेको हो ।

दुर्घटनामा पोखरा महानगरपालिका तल्लो गगनगौँडा बस्ने २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja