कम्प्युटर प्रोसेसर उत्पादक कम्पनीहरु एएमडी र झिलिङ्क्स एक हुने



पोखरा

चिप्स उत्पादक कम्पनी एएमडीले झिलिंक्स नामको अर्को चिप्स उत्पादक कम्पनीलाई ३५ अर्ब डलरमा खरिद गर्ने निर्णय गरेको छ ।

यो खरिदसँगै अर्को विश्व प्रसिद्ध चिप्स उत्पादक कम्पनी इन्टेलसँगको प्रतिस्पर्धा अरु तीव्र हुने अनुमान गरिएको छ ।

झिलिंक्सलाई एएमडीमा गाभेसँगै यसको शेयर बजारको अनुपात पनि टुंगो लागेको छ । झिलिंक्सका शेयरधनीले अब प्रतिशेयर १.७२३४ प्राप्त गर्ने छन् । एएमडीको शेयर हिस्सा ७४ प्रतिशत रहनेछ भने झिलिंक्सको करिब २६ प्रतिशत हुनेछ ।

एएमडीले उत्पादन गरेका प्रोसेसर टेक्नोलोजीहरु सिपियू, जिपियू, एफपीजिए लगायत सफ्टवेयर सन्चालनमा उच्च गुणस्तर कायम हुनुका साथै बजारमा प्रभाव पार्नेछ ।

झिलिंक्सका प्रमुख कार्यकारी भिक्टर पेङले एएमडीसँगको सहकार्यले बजार विस्तारका साथै डेटा सेन्टर सन्चालनमा थप प्रगति हुने विश्वास व्यक्त गरे ।

एएमडीका प्रमुख कार्यकारी डा. लिसा सूले संयुक्त कम्पनीको प्रमुख कार्यकारीका रुपमा जिम्मेवारी सम्हाल्ने बताइएको छ । पेङ एएमडीको अध्यक्ष रहने र झिलिंक्स तर्फको व्यवसाय तथा रणनीतिक वृद्धिका बारेमा नेतृत्व लिने समाचारमा जनाइएको छ ।

यो सम्झौता अर्को वर्षको अन्त्यसम्ममा पूर्ण कार्यान्वयन भइसक्ने छ । यो सम्झौतालाई दुवै कम्पनीका शेयरधनीहरुले अनुमोदन गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja