नवलपुरका ५५ सहित गण्डकीमा थप ५६ जना कोरोना संक्रमित
पोखरा
गण्डकी प्रदेशको नवलपुरमा ५५ र स्याङ्जामा एक जनासहित मंगलबार थप ५६ जनामा कोरोना संक्रमण देखिएको छ ।
लाइफ केयर डाइग्नोष्ट्रिक एण्ड रिसर्ज सेन्टर प्रालि पोखरा र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ५६ जनाका कोरोना संक्रमण पुष्टि भएको हो ।
गण्डकी स्वास्थ्य निर्देशनालय पोखराका अनुसार स्याङ्जा वालिङ नगरपालिका वडा नं ४ मा एक पुरुष, नवलपुर जिल्ला कावासोती नगरपालिका वडा नं २ का दुई पुरुष, दुई महिला , वडा नं ३ का पाँच पुरुष, दुई महिला, वडा नं ५ का एक महिला, वडा नं ८का १६ पुरुष, पाँच महिला, वडा नं ९ का दुई पुरुष, वडा नं १० का एक पुरष, वडा नं ११ का दुई पुरुष, वडा नं १२ का एक महिला, वडा नं १३ का एक पुरुष, एक महिला, वडा नं १४ का दुई पुरुष, तीन महिला, वडा नं १५ का एक महिला, वडा नं १६ का एक पुरुष, वडा नं १७ का चार पुरष, तीन महिलामा कोरोना पुष्टि भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ६ हजार ७ सय ९० जना पुगेको छ ।