एसी मिलान र रोमाको खेल बराबरी



पोखरा

इटालियन सिरी ‘ए’ फुटबलमा शीर्ष स्थानको एसी मिलान र रोमाको खेल बराबरीमा टुंगिएको छ ।

घरेलु मैदानमा सोमबार राति भएको खेलमा मिलान रोमासँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।

भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोविचले दुई गोल गरे पनि मिलानले जित हात पार्न सकेन । खेलको दोस्रो मिनेटमै इब्राहिमोविचको गोलबाट मिलानले अग्रता बनाएको थियो ।

तर, १४ औं मिनेटमा इडिन जेकोले गोल गर्दै रोमालाई १-१ गोलको बराबरीमा फर्काए ।

४७औं मिनेटमा एलेक्सिस सलिमाकेर्सले गोल गर्दै मिलानलाई २-१ को अग्रता दिलाए ।

७१औं मिनेटमा जोर्डन भेरेटोउटले पेनाल्टीमा गोल गर्दै रोमालाई फेरि बराबरीमा फर्काए ।

७९औं मिनेटमा इब्राहिमोविचले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई ३-२ को अवस्थामा पुर्‍याए ।

तर, खेलको ८४ औं मिनेटमा मार्श कुम्बुल्लाले गोल गर्दै रोमालाई हारबाट जोगाए ।

घरेलु मैदानमा बराबरीमा रोकिए पनि मिलान शीर्ष स्थानमा रहेको छ । बराबरीसँगै मिलानले ५ खेलमा १३ अंक जोडेको छ । रोमा ५ खेलमा ८ अंक जोडेर तालिकाको नवौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja