अमेरिकी राष्ट्रपति ट्रम्पले पनि गरे निर्वाचनअघि नै मतदान



पोखरा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि निर्वाचनअघि नै मतदान गरेका छन् ।

३ नोभेम्बरमा हुने निर्वाचनका लागि मुख्य निर्णायक राज्यहरुमा चुनावी र्‍यालीमा जानुअघि राष्ट्रपति ट्रम्पले फ्लोरिडामा मतदान गरेका हुन् ।

उनले मतदान गरेर बाहिरिएपछि सयौं समर्थकहरु झण्डासहित उपस्थथि भएका थिए र उनीहरुले ट्रम्पको पक्षमा नारा लगाउँदै ‘थप चार वर्ष’ का लागि ट्रम्पको पक्षमा मतदान गर्न अपिल गरेका थिए ।

कोरोना महामारीका कारण निर्वाचनअघि नै मतदान गर्नेहरुको संख्या बढ्दै गएको छ । हालसम्म अमेरिकामा पाँच करोड ६० लाखभन्दा बढीले मतदान गरिसकेका छन् ।

राष्ट्रपति निर्वाचनको १० दिनअघि राष्ट्रपतिका दुबै उमेदवार आफ्नो चुनावी र्‍यालीमा सरिक हुँदै आएका छन् ।

उनले पत्रकारसँग कुराकानी गर्दै भने, “जब तपाईंले मतपेटिकामा मतदान गर्नुहुन्छ, त्यो निकै सुरक्षित र भरपर्दो हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja