एम्बाप्पे र किनको गोलमा पीएसजीको शानदार जित



पोखरा

पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा शानदार जित हात पारेको छ ।

इटालियन फरवार्ड मोइस किन र केलियन एम्बाप्पेले समान दुई गोल गरेपछि फ्रान्सेली लिगको पुछारमा रहेको डिजोन ४-० ले पराजित भयो ।

शनिबारको खेलमा किनले पीएसजीबाट आफ्नो पहिलो र दोस्रो गोल गरेका हुन् । उनले बाकेरको सहयोगमा तेस्रो मिनेटमा नै गोल गरी टिमलाई अग्रता दिलाएकोमा २३औँ मिनेटमा नेयमारको सहयोगमा दोस्रो गोल गरे ।

८२औँ मिनेटमा नेयमारकै पासमा गोल गरेका एमबाप्पेले  सराबियाको सहयोगमा ८८औँ मिनेटेमा व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे ।

जितपछि शीर्ष स्थानमा पुगेको पीएसजीको ८ खेलबाट १८ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja