अमेरिकामा गुगलविरूद्ध मुद्दा दायर, एकाधिकार कायम गरेको आरोप



पोखरा

एकाधिकार कायम गरेको भन्दै अमेरिका सरकारले गुगुलमाथि मुद्दा दायर गरेको छ ।

प्रतिस्पर्धा सम्बन्धी कानूनको उल्लंघन गरी इन्टरनेटमा हुने खोजी र अनलाइन विज्ञापनमा एकाधिकार कायम गरेको आरोपसहित अमेरिकाले गुगलविरुद्ध मुद्दा दायर गरेको हो ।

क वर्ष भन्दा बढीको अनुसन्धानपछि अमेरिकाको न्याय विभाग र ११ राज्यले संघीय अदालतमा गुगलविरूद्ध मुद्दा दायर गरेका हुन् ।

गुगलले प्रत्येक वर्ष अर्बौँ डलर विभिन्न ब्राउजर तथा मोबाइल फोनसहितका डिभाइसमा गुगललाई ‘डिफल्ट’ का रुपमा इन्स्टल गर्नका लागि खर्च गर्ने गरेको मुद्दामा उल्लेख छ ।

यस्तो कार्यले गुगलको स्थान इन्टरनेटमा गेटकिपरको जस्तो भएको र यसले इन्टरनेटमा हुने खोजीमा उसको एकाधिकार कायम भएको उल्लेख छ । अमेरिकामा इन्टरनेटमा हुने खोजीको ८० प्रतिशत गुगल मार्फत हुने गरेको बीबीसीले जनाएको छ ।

गुगलले भने उक्त मुद्दा गम्भीर र त्रुटीपूर्ण रहेको उल्लेख गरेको छ । कम्पनीले आफ्ना कुनै पनि सेवाहरु पूर्णतः प्रतिस्पर्धात्मक रहेको र पहिलो प्राथमिकतामा जहिले पनि प्रयोगकर्ता नै रहने गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja