गण्डकीमा मुख्यमन्त्री तथा मन्त्रीको दशैँभत्ता कोरोना कोषमा



पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीले दशैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने भएका छन् ।

प्रदेश सरकारको बुधवार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीसहित ७ जना मन्त्रीको दशैँ भत्ता कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

विगतमा पनि १ महिनाको पारिश्रमिक कोषमा दिएको जानकारी गराउँदै मन्त्री बस्नेतले दशैँ भत्ता पनि कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेको जनाए ।

कोभिड १९ को उपचार र व्यवस्थापन सम्बन्धमा सामाजिक सञ्जालमा आएका विषयको पछि नलाग्न आग्रह गर्दै प्रदेश सरकारले कोरोनाको उपचार निःशुल्क रूपमा यथावत राख्ने स्पष्ट पारेको छ ।

गण्डकी प्रदेशका ३८ ठाउँका आइसोलेसनबाट उपचार भइरहेको र पीसीआर परीक्षण एवं उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको प्रवक्ता बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja