बाढीपहिरोले अवरुद्ध चामे-बेँसीशहर सडक अझै बन्द



पोखरा

हिमाल पारीको जिल्ला मनाङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडकखण्ड महिनौँदेखि बन्द छ । वर्षादको समयमा कुनैपनि गाडी चल्न सकेनन् ।

नियमित परेको वर्षासँगै आएको बाढी पहिरोले उक्त सडकखण्डको झन्डै लमजुङतर्फको ३५ किलोमिटर सडक सबैजसो पहिरो र बाढीले क्षतविक्षत बनाएको छ । लमजुङको जगतदेखि च्याम्चेहुदै मनाङको तालसम्मको सडक झनै बिग्रेको छ । कतिपय ठाउँमा स्थानीय सरकारको पहलमा सडक डिभिजनले सडक मर्मत गरी सञ्चालनमा ल्याएको थियो तर पानी परेपछि पुल तथा सडक मर्मत गर्न सकिएको छैन । जिल्लाभित्रका केही ठाउँमा यातायात चले पनि कतिपय ठाउँमा भने अझै सञ्चालन हुन सकेको छैन ।

कोरोना महामारीले प्राय सवारी साधान आवतजावत ठप्प भए पनि खाद्यान्न लगायत अत्यावश्यक सामग्री ढुवानीका लागि सवारी साधान भने सञ्चालन भएका छन् । मनाङ जाने सडक पूर्णरूपमा सञ्चालनमा नआउँदा ठाउँठाउँमा पल्टी गर्दै ल्याउने लाने गर्नुपर्ने बाध्यता छ । यसरी सामान खरीद गर्दा एक त ढुवानी महङ्गो परेको छ भने समयमा सामग्री आइपुग्दैन । बल्लतल्ल आएको सामान पनि अधिकांश बिग्रिने गरेका छन् ।

त्यस्तै कर्मचारी बिरामी र सर्वसाधारणसमेत जोखिम मोलेर हिँड्न बाध्य छन् । पुलसमेत बनाउन नसक्दा फड्केबाट यात्रा गर्नुपर्ने अवस्था पनि उस्तै छ । एक जना मात्रैले फड्केबाट यात्रा गर्नसमेत असहज भएको स्थानीय बताउँछन् । फड्के समात्ने समूह नभए मनाङको यात्रा गर्न सक्ने अवस्था छैन।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja