पोखरा रंगशालाको ८६ प्रतिशत काम पुरा



पोखरा

निर्माणाधीन पोखरा रंगशाला निर्माणको भौतिक निर्माणको कार्यप्रगति ८६ प्रतिशत सम्पन्न भएको छ ।

करिव १ अर्ब २८ करोड ५० लाख लागतमा निर्माण भइरहेको रंगशाला निर्माणको काम ८६ प्रतिशत सम्पन्न भएको हो । माछापुच्छ«्रे हिमालको फेदमै निर्माणाधीन यो रंगशाला निर्माण भएपछि नेपालकै ठूलो रंगशाला हुनेछ । पश्चिमाञ्चल खेलकुद विकास समितिका इन्जिनियर प्रनिष ताम्राकारले पछिल्लो समय निर्माणको आवश्यक सामग्रीको अभावमा केही कामहरु रोकिएको बताउनुभयो ।

भारतबाट ल्याउनुपर्ने सामग्री नआउँदा पीई बिल्डिङको निर्माण कार्य रोकिएको उहाँले बताउनुभयो । स्टेडियमको पश्चिमतर्फ भिआइपी सिट मध्येको छानो निर्माणको काम पनि रोकिएको छ । अहिलेसम्म अहिले पोखरा रंगशाला निर्माणमा २० जना नेपाली कामदारले काम गरिरहेको उहाँले बताउनुभयो ।

चेन्जिङ्ग रुम, मिडिया सेन्टर लगायतको काम सकिएको उहाँले बताउनुभयो । अब छतसँगै बिजुली जडान गर्ने काम बाँकी रहेको छ । स्टेडियमको चारैतिरको पिच निर्माणधीन अवस्थामा रहेको छ भने भने १७ वटा शौचालय निर्माण भइसकेका छन् । ब्रिक पाइपलाइन, सेनेटरी र टायलको काम जारी रहेको छ । मंसिर १५ देखि २४ गतेसम्म जारी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताका केही खेलहरु यही पोखरा रंगशालामा सम्पन्न भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja